नेपाल टेलिकमले शेयर धनिलाई बोनस दिने



काठमाडौं । नेपाल टेलिकमले शेयर धनिलाई बोनस दिने भएको छ । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले आफ्ना शेयरधनीहरूलाई २० प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस शेयर दिने घोषणा गरेको हो ।

टेलिकमले यसअघि नगद लाभांश मात्रै दिने गरेको थियो । सञ्चालक समितिको निर्णयलाई अब अर्थ मन्त्रालयले स्वीकृति दिनुपर्ने हुन्छ । मन्त्रालयले स्वीकृति दिएपछि आगामी साधारणसभाले अनुमोदन गरेमा सेयर धनीहरुले घोषित लाभांश पाउनेछन् ।

साधारण सभामा कम्पनी ऐन, २०६३ को दफा १८२ को उपदफा ९२० बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालयबाट स्वीकृत भएपश्चात आ.व. २०७७र७८ को कम्पनीको मुनाफा रकम मध्येबाट शेयरधनीहरूलाई प्रति शेयर २० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिने बताइएको छ ।

त्यसैगरी आ.व. २०७७र७८ को मुनाफा रकम मध्येबाट कम्पनीका शेयरधनीहरूलाई प्रति १०० कित्ता बराबर २० कित्ताको अनुपातमा बोनस शेयर जारी गर्ने प्रस्ताव पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्