पत्रकार महासंघका उपाध्यक्ष उदय जिएम माओवादी निकट प्रेस सेन्टरमा



काठमाडौं । पत्रकार महासंघका उपाध्यक्ष उदय जिएम प्रेस सेन्टर नेपालमा प्रवेश गरेका छन् । नेकपा (मसाल) निकट प्रगतशील पत्रकार संघका पूर्वअध्यक्ष जिएम माओवादीकेन्द्र निकट प्रेस सेन्टर नेपालमा प्रवेश गरेका हुन् । उनलाई माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले खादा लगाइदिएर स्वागत गरेका छन् ।

नेकपा (मसाल) निकट प्रगतशील पत्रकार संघका पूर्वअध्यक्ष जिएमले मसालको विवाद बढ्दै गएपछि केही समयअघि सो समूहबाट आफूलाई अलग गरेका थिए ।

दाङलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहेका जिएमलाई माओवादीका प्रवक्ता कृष्णवहादुर महरा, प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटालगायतका नेताहरूले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्