दिपकराज भन्छन् : ‘पीर’ विवादको मौका पारेर माओवादीमाथि सत्तोसराप



काठमाडौं । कलाकार दिपकराज गिरीले गायक प्रकाश सपुतको पिर गीत विवादको विषयमा बोलेका छन् । कलाकार दीपकले प्रकाश सपुतको गीत विवादको मौका पारेर केही व्यक्ति कुनै एक पार्टीप्रति खनिनु गलत भएको बताएका छन् । 

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् राख्दै दिपकले केही मानिसहर प्रकाश सपुतको ‘पीर’ गीत विवादपछि मौका यही हो भन्दै माओवादी पार्टीलाई समूह बनाएरै सराप्न थालेको बताएका हुन् । 

दीपकले प्रकाश सपुतको ‘पीर’ गीत यथार्थसँग नजिक र मनछुने रहेको, तर यही मौकामा केही मानिसहर पूर्वाग्रह राखेर माओवादीमाथि खनिएको उल्लेख गरेका छन् । तर तर गीत बन्द गर्न दबाब दिनु चाहिं गलत भएको दिपकको भनाई छ । दीपकले नेपालका जुनसुकै राजनीतिक दलमा पनि केही मानिसको रजाइँ र केही मानिसको बिजोग अवस्था रहेको समेत बताएका छन् ।

कुन चाहि पार्टी मा केही मानिसको रजॉइंकेहि मानिसको हरि बिजोक छैन रु कुन दल का मान्छे ले हाम्रो पार्टी मा त्यस्तो अवस्था छैन भनेर  ठोकुवा गर्न सक्छ ? उनले प्रश्न गरे ।

दीपकले फेसबुकमा लेखेका छन्, पीर गीत असाध्यै राम्रो, मलाई पनि छोयो, धेरैलाई छोएको हुनुपर्छ । तर केही मानिस मौका यही हो भनेर माओवादी पार्टीलाई समूह बनाएरै सराप्न थालेको पनि देखें । कुन चाहिं पार्टीमा केही मानिसको रजाइँ र केही मानिसको हरिबिजोग छैन ? कुन दलका मान्छेले हाम्रो पार्टीमा त्यस्तो अवस्था छैन भनेर ठोकुवा गर्न सक्छ ? उसैको विचारबाट आएको संविधानमा टेकेर राजनीति पनि गर्ने, अनि सत्तोसराप पनि उसैलाई गर्ने रु हो गीत बन्द गर्न दबाब चाहिं दिनु गलत हो ।’

 

प्रतिक्रिया दिनुहोस्