माेटरसाइकललाई साइड दिन खाेज्दा विद्यार्थी बाेकेकाे बस नहरमा खस्याे



विराटनगर : विद्यार्थी बोकेर स्कुलतर्फ जाँदै गरको बस नहरमा पल्टिँदा दुई शिक्षक घाइते भएका छन्। बुढीगंगा गाउँपालिकाको टंकीसिनवारीमा रहेको जेभियर्स इंग्लिस स्कुलको बस दुर्घटनामा परेको हो। 

आइतबार बिहान १८ जना विद्यार्थी बोकेर को१ख १९८२ नम्बरको बस विद्यालय जाँदै गरेको थियो। सुनसरी मोरङ सिँचाइ आयोजनाको शाखा नहरमा मोटरसाइकललाई साइड दिने क्रममा बस नहरमा खसेको थियो।

टाउकोमा चोट लागेका शिक्षकको विराटनगरमै उपचार भइरहेको छ। 

प्रतिक्रिया दिनुहोस्