विवाहको प्रलोभन देखाएर ४२ लाख ठग्ने व्यक्ती पक्राउ



काठमाडौं । विवाह गर्ने प्रलोभन देखाएर ४२ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखको टोलीले रामेछापको साघुँटार नगरपालिका–३ घर भएका ५२ वर्षीय नवीन भनिने लोकबहादुर श्रेष्ठलाई पक्राउ गरेको हो।

उनलाई काठमाडौंको विशालनगरबाट आइतबार पक्राउ गरिएको महाशाखाका एसपी तथा प्रवक्ता कृष्ण कोइरालाले बताए। उनले विवाह गर्ने प्रलोभन देखाएर कहिले आफू बिरामी भएर अस्पताल भर्ना भएको र कहिले झारफुक गर्न पैसा चाहिएको भन्दै पटक पटक गरेर ४२ लाख ३४ हजार रुपैयाँ ठगी गरेको एसपी कोइरालाले बताए । पक्राउ परेका श्रेष्ठलाई कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्