आन्ध्र प्रदेशको एक कारखानामा भएको आगालागीमा ६ जनाको मृत्यु



एजेन्सी । आन्ध्र प्रदेशमा ईलुरु जिल्लाको अक्किरेड्डीगुडेममा एक रसायनिक कारखानामा आगलागीका कारण ६ जनाको मृत्यु भएको छ र १२ जना घाइते भएका छन् ।

घाइतेलाई अस्पताल भर्ना गरिएको छ । ईलुरुका प्रहरी अधिकारी देव शर्माले घाइतेको उपचार विजयवाडामा एक सरकारी अस्पतालमा भर्ना गरिएको छ ।

उनले बुधबार राती पोलिमर पावर बनाउने संयन्त्रको रियाक्टरमा आगलागी भएको बताए । नाइट्रिक एसिड, मोनोमेथिल चुहावट भएपछि आगालागी भएको र थुप्रै कामदार त्यसमा फसेका थिए । समाचार एजेन्सी पिटिआईका अनुसार सरकारी अस्पतालका डाक्टरले घाइतेमध्ये चारजनाको अवस्था निकै गम्भीर छ ।

यतिबेला मुख्यमन्त्री वाइएस जगनमोहन रेड्डीले यो घटनामाथि दुःख व्यक्त गरेका छन् । उनले मृतक परिवारलाई २५ लाख, गम्भीर रुपमा घाइतेलाई पाँच लाख र सामान्य रुपमा घाइतेलाई दुई लाख दिने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्