गोली लागेर बारामा एक युवकको मृत्यु



बारा । गोली लागेर बारामा एक युवकको मृत्यु भएको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिका १६ मा गोली लागेर गम्भीर घाइते भएका युवकको बिहीबार बिहान मृत्यु भएको हो । मृत्यु हुनेमा जितपुर सिमरा उपमहानगरपालिका १६ का२८ वर्षीय सागर सिंजाली रहेका छन् ।

राती गाउँका अन्य युवाहरूसँगै गाउँ नजिकैको धर्मनगर स्थित बालगंगा नदीमा पुगेका मगर शिकारीले चलाएको गोली लागी गम्भीर घाइते भएका थिए ।

घाइते मगरलाई स्थानीयको सहयोगमा उपचारको लागि वीरगन्जस्थित वयोधा अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिएका छन् ।

मृतकको शव अस्पतालमै राखिएको र घटनाबारे थप विवरण आउन बाकी रहेको प्रहरीले जनाएको छ । वन क्षेत्र नजिकैमा रहेका बस्तीका मानिसहरू घरेलु हातहतियार तथा भरुवा बन्दुकबाट वन्यजन्तुको चोरी शिकारी गर्दै आएको स्थानीयको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्