पहिरोले पुरिएर एकै परिवारका ३ जनाको मृत्यु



भोजपुर : भोजपुरमा पहिरोले पुरिएर एकै परिवारका ३ जनाको मृत्यु भएको छ। जिल्लाको रामप्रसाद राई गाउँपालिका–५, भञ्ज्याङमा पहिरोले घर पुरिएर एकै परिवारका आमा र दुई छोरा गरी ३ जनाको ज्यान गएको छ।

शनिबार बिहान साढे ७ बजे पहिरोले घर पुरिएर ४० वर्षीया मानकुमारी राई र उनका १७ वर्षीय छोरा शिवकुमार र १५ वर्षीय छोरा शक्तिकुमारको घटनास्थलमै मृत्यु भएको छिमेकी जगत चौहानले बताए।

जिल्ला प्रहरी कार्यालय, भोजपुरका अनुसार मानेभञ्ज्याङ प्रहरी चौकीबाट परिचालन भएको प्रहरी टोलीले घटनास्थलको सर्जिमिन मुचुल्का तयार गरी आवश्यक अनुसन्धान अघि बढाएको छ।

करिब एक सातादेखि लगातार परिरहेको वर्षाका कारण पहिरो जाँदा र घर पुरिँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ।

 

प्रतिक्रिया दिनुहोस्