अफगानिस्तानको बिद्यालयमा विस्फोट, ६ जनाको मृत्यु



एजेन्सी । अफगानिस्तानको विद्यालयमा आक्रमणकारीहरुले दुई विस्फोट गराएका छन् । घटनामा परी छ जनाको मृत्यु भएको र अरु केही घाइते समेत भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

काबुलको पश्चिमी क्षेत्रमा भएका विस्फोटनका घटना मध्ये पहिलो विस्फोटन मुम्ताज विद्यालयमा भएको हो । त्यसैगरी दोस्रो विस्फोटन भने राजधानी काबुलकै डाश्त ए बार्ची जिल्लामा भएको हो ।

त्यो पनि विद्यालय नजिकै भएको थियो । दुवै विस्फोटनका घटनामा परी घाइते भएकाहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्