युक्रेनी सेनालाई तालिम दिँदै अमेरिका



काठमाडौं । अमेरिकाले युद्धग्रस्त मुलुक युक्रेनका सेनालाई तालिम दिने भएको छ । अमेरिकाको रक्षा मन्त्रालयले युक्रेनी सैनिकहरूलाई हावित्जर र रेडार चलाउन तालिम दिने भएको हो ।

राष्ट्रपति जो बाइडनले ती हतियारहरू किएभ पठाउनका लागि आदेश दिइसकेको अमेरिकी सेनाले जानकारी दिएको छ । साथै युक्रेनी सैनिकहरूलाई तालिम भने अर्काे कुनै देशमा दिइने छ ।

गत साता अमेरिकाले युक्रेनलाई ८० करोड डलर बराबरको हतियार दिने घोषणा गरेको थियो । एन्टी ट्यांक र एन्टी एयरक्राफ्ट क्षेप्यास्त्रका साथै यसपटक अमेरिकाले सशस्त्र वाहन, आर्टिलरी पीस र ट्याक्टिकल रेडार दिने भएको छ । तर त्यो चलाउन युक्रेनीहरूलाई तालिम आवश्यक हुन्छ ।

नयाँ हतियार चलाउनका लागि युक्रेनी प्रशिक्षकहरूलाई आगामी दिनमा तालिम दिने अमेरिकाका एक रक्षा अधिकारीले बताए । त्यसपछि ती प्रशिक्षकहरूले युक्रेनी सैनिकहरूलाई सिकाउनेछन् । अमेरिकाले युक्रेनमा आफंै सैनिक नपठाए पनि हातहतियार भने पठाएर अप्रत्यक्ष रूपमा सहभागिता जनाएको छ ।

अमेरिकामा केही युक्रेनी सैनिकहरूलाई स्विचब्लेड कामिकाजे ड्रोन चलाउने तालिम दिएको पनि अमेरिकाको रक्षा मन्त्रालयले खुलासा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्