अमेरिकाले युक्रेनलाई थप सैन्य हातहतियार र ड्रोन सहयोग गर्ने



एजेन्सी । संयुक्त राज्य अमेरिकाले युक्रेनलाई थप ८ सय मिलियन अमेरिकी डलर बराबरको सैन्य हातहतियार र ड्रोन सहयोग गर्ने भएको छ । उक्त सहयोग प्याकेजमा लामो दूरी प्रहार गर्न मिल्ने आधुनिक हतियार, त्यसमा प्रयोग हुने १ लाख ४४ हजार थान गोलाबारुद र ड्रोन समावेश गरिएको छ ।

साथै अमेरिकाले युक्रेनलाई प्रत्यक्ष आर्थिक सहयोगको रुपमा ५ सय मिलियन अमेरिकी डलर सहयोग उप्लब्ध गराउने घोषणा गरेको छ । अमेरिकाका राष्ट्रपति जो बाइडेनले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै यस्तो घोषणा गरेका हुन् ।

बाइडेनले अमेरिकी बन्दरगाहमा रुसी पानीजहाजहरुलाई पूर्ण प्रतिवन्ध लगाइएको पनि घोषणा गरेका छन् । उनले युक्रेनलाई गत हप्ता पनि ८०० मिलियन डलर बराबरको सैन्य सहयोग गर्ने घोषणा गरेका थिए ।

युक्रेनले रुसी आक्रमणसँग जुध्न गरेको सहयोग अपिललाई मध्यनजर गर्दै अमेरिकाले युक्रेनलाई रेकर्ड स्पिडमा सहयोग उपलब्ध गराउन थालेको बाइडेनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्