मिनी ट्रकसँग बस ठोक्किँदा २२ जना घाइते



मोरङ: मोरङको पथरीमा मिनी ट्रक र  बस ठोक्किँदा एक जनाको मुत्यु भएको छ भने २२ जना घाइते भएका छन् । बिहीबार बिहान मे १ च ९३९१ को मिनी ट्रकसँग मोरङको रमाइलोबाट झापाकालागि छुटेका को १ ख ४८४२ नम्बरको बस ठोक्किएको हो ।

दुर्घटनामा १ जनाको मुत्यु भएको र २२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी राजकुमार खिउजुले बताए । घाइतेमध्ये  १२ जनाको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक शिवकुमार पोखरेलले जानकारी  दिए ।

घाइतेमध्ये ७ जना विराटनगरको नोबेल अस्पताल, ५ जना न्यूरो अस्पताल र अन्य १० जनाको स्थानीय अस्पतालमा उपचार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्