काठमाडौं : देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुन न्यूनचापिय रेखा नेपालको दक्षिणतिर अवस्थित भएतापनि बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्प युक्त हावा र स्थानीय वायुको प्रभावको कारण केही स्थानहरुमा वर्षाको सम्भावना रहेको महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ ।
हाल देशैभरी सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा मेघ गर्जनसहित वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
साउन ४ गते (शनिबार)
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा वर्षा हुने सम्भावना छ । देशको थोरै स्थानहरुमा भारी वर्षा हुने सम्भावना छ ।
राती : देशभर सामान्य बदली रही देशका केही स्थानहरूमा वर्षा हुने सम्भावना छ । देशको थोरै स्थानहरुमा भारी वर्षा हुने सम्भावना छ ।
साउन ५ गते (आइतबार)
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा वर्षा हुने सम्भावना छ । देशको पूर्वी र मध्य क्षेत्रका थोरै स्थानहरुमा भारी वर्षा हुने सम्भावना छ ।
राती : देशभर सामान्य बदली रही देशका केही स्थानहरूमा वर्षा हुने सम्भावना छ । देशको पूर्वी र मध्य क्षेत्रका थोरै स्थानहरुमा भारि वर्षा हुने सम्भावना छ ।
साउन ६ गते (सोमबार)
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा वर्षा हुने सम्भावना छ । देशको थोरै स्थानहरुमा भारी वर्षा हुने सम्भावना छ ।
राती : देशभर सामान्य बदली रही देशका केही स्थानहरूमा वर्षा हुने सम्भावना छ । देशको थोरै स्थानहरुमा भारी वर्षा हुने सम्भावना छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना छ जसका कारणले ती क्षेत्रका पहाडी भूभागमा पहिरो जान सक्ने र पहाड तथा चुरेबाट बहने खोलाहरुमा जल सहत बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।