रुसले विजय दिवस मनाउँदा पुटिनले युक्रेनबारे के भने ?



एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले दोस्रो विश्वयुद्धमा नाजी जर्मनीको पराजयको ७७ औँ वार्षिकोत्सवमा पूर्वसोभियत देशहरूलाई बधाई दिँदै ‘सन् १९४५ मा जस्तै जित’ हुने दाबी गरे ।

२४ फेब्रुवरीमा रुसमाथि हमला गरेका पुटिनले भने, ‘आज हाम्रा सैनिकहरू आफ्नो जन्मभूमिलाई सन् १९४५ मा जस्तै नाजीहरूको फोहोरबाट मुक्त गराउने विश्वासका साथ लडिरहेका छन् ।’

‘नयाँ पुस्ताहरू आफ्ना बुबा र हजुरबुबाको सम्झनाका लागि योग्य हुन सक्छन् ’, उनले अगाडि थपे ‘दुःखको कुरा आज नाजीवादले फेरि एकपटक आफ्नो टाउको ठड्याएको छ ’।

युक्रेन फासीवादको चपेटामा परेको र रुसी भाषीको बाहुल्यता रहेको क्षेत्रमा बसोबास गर्ने अल्पसंख्यकहरूका लागि खतरा भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्