आईपीएल : कोलकाताकाे पाँचौ जित, मुम्बई पराजित



काठमाडौं । मुम्बई इण्डियन्सलाई ५२ रनले पराजित गर्दै कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा पाँचौ  जित निकालेको छ। सोमबार राति कोलकाताले दिएको १६६ रनको लक्ष्य पछ्याएको मुम्बईले १७ ओभर ३ बलमा सबै विकेट गुमाउँदै जम्मा ११३ रन मात्र बनायो। मुम्बईका इशान किशनले सर्वाधिक ५१ रन बनाए ।

यस्तै केइरन पोलार्डले १५ रनको योगदान गरे। कोलकाताका प्याट कमिन्सले ३ विकेट लिए। यसअघि मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभर ९ विकेट गुमाएर १६५ रनक योगफल तयार पारेकाे थियाे। कोलकाताका नितिश राना र भेन्काटेस एयरले समान ४३ रन बनाए।

अजिन्का रहानेले २५ रनको योगदान गरे ।  मुम्बईका जस्प्रित बुम्राहले ५ विकेट लिए । जितसँगै कोलकाता १२ खेलबाट १० अंक जोडेर सातौ स्थानमा  छ  । मुम्बई ११ खेलमा ४ अंक जोडेर पुछारमा  छ ।

प्रतिक्रिया दिनुहोस्