यौन दुर्व्यवहारको आशंकामा बेलायतको कन्जरभेटिभ पार्टीका सांसद पक्राउ



लन्डन । बलात्कार र यौन दुर्व्यवहारको आरोपमा बेलायतमा कन्जरभेटिभ पार्टीका एक सांसद पक्राउ परेका छन्। सन् २००२ देखि २००९ को अवधिमा दुर्व्यवहार गरेको आरोपमा उनलाई हिरासतमा राखिएको महानगरीय प्रहरीले पुष्टि गरेको छ।

उनको पहिचान गोप्य राखिएको छ। अनुसन्धान भइरहेकाले उनलाई प्रमुख सचेतकले संसदमा उपस्थित नहुन भनेका छन्। उनीमाथि सार्वजनिक कार्यालयमा विश्वासको पदको दुरुपयोगको आरोप पनि लागेको छ।

‘सन् २००२ देखि सन् २००९ को अवधिमा गरिएको भनिएको यौन दुर्व्यवहारबारे महानगरीय प्रहरीले सन् २०२० को जनवरीमा एउटा रिपोर्ट प्राप्त गरेको थियो’, महानगरीय प्रहरी प्रवक्ताले भने।

उनले अगाडि थपे, ‘अभद्र व्यवहार, यौन दुर्व्यवहार, बलात्कार, विश्वासको दुरुपयोग र सार्वजनिक पदको दुरुपयोग गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरिएको थियो।’

प्रतिक्रिया दिनुहोस्