डा.भट्टराई भन्छन् : ऋण काढेर घिउ खुवाउने बजेटमा जोड दिनु हुँदैन



काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले ऋण काढेर घिउ खुवाउने बजेटमा जोड दिन नहुने बताएका छन् ।

उनले प्रचारमुखी भन्दा देशको कूल धनरलगानीररोजगारी बढाउने बजेटमा जोड दिनु पर्ने बताउँदै आइतबार अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको बजेटका केही विषय राम्रा रहेको बताएका हुन् ।

बुधबार ट्वीट गर्दै भट्टराईले कृषिक्षेत्रको सुधार, निर्यातमूलक उद्योगलाई कररबिजुली महसूल सुविधा, एनआरएनएलाई धितोपत्र खुला, निर्माण कम्पनीलाई विदेश खुला,विदेशीलाई अपार्टमेन्ट लगायतका विषय मन परेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्