निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य (विज्ञप्तिसहित)



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

सत्ता गठबन्धनले सरकारलाई मूल्य घटाउन निर्देशन दिएसँगै निगमले राती १२ बजेदेखि लागू हुने गरेर मूल्य घटाएको हो ।

शनिवार बिहान बसेको सत्ता गठबन्धन दलले सरकारलाई मूल्य घटाउन निर्देशन दिएको थियो । उक्त निर्देशनसँगै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पत्रकार सम्मेलन गर्दै पेट्रोल प्रतिलिटर २० र डिजेल प्रतिलिटर २९ रुपैयाँले घटाउने जानकारी दिएका थिए ।

उद्योगमन्त्री बडूको उक्त घोषणासँगै निगमले विज्ञप्ति निकाल्दै मूल्य समायोजन गरेको जानकारी दिएको छ। यससँगै, पेट्रोलको मूल्य प्रतिलिटर १७९ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १६३ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्