काठमाडौंको रविभवनमा मोटरसाइकल दुर्घटना चालकको मृत्यु



काठमाडौं । काठमाडौंको रविभवनमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

बा ०२–०३० प ६३६२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मकवानपुरको थाहा नगरपालिकाका राजु दुतराजको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुतराजले चलाएको मोटरसाइकल अनियन्त्रित भएर २ वटा बसमा ठोक्किएको थियो। अनुसन्धानका लागि २ वटै बसका चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्