राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची



काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दै छ। बैठक बिहान ११ बजे सुरु हुने राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले जानकारी दिएका छन्।

‘सम्भावित दैनिक कार्यसूची’अनुसार आजको बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९ सभासमक्ष टेबुल गर्ने, सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९, नेपाल प्रहरी तथा प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक २०७९ र खानेपानी तथा सरसफाइ विधेयक, २०७६ टेबुल गर्ने कार्यतालिका छ।

त्यस्तै गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक २०७९ माथिको दफाबार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका छ।

प्रतिक्रिया दिनुहोस्