प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद्को बैठक



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्रीको आह्वानमा मन्त्रिपरिषद्को बैठक केहीबेरमा बस्दैछ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक जारी छ । उक्त बैठक सकिनेबित्तिकै बालुवाटारमै मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले मन्त्रिपरिषद्को बैठक बस्न लागेको जानकारी दिएका छन् ।

स्रोतका अनुसार मन्त्रिपरिषद् बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगको म्याद थप तथा यसका पदाधिकारीहरुबारे निर्णय लिनेछ । दुवै आयोग र आयोगका पदाधिकारीको कार्यकाल असार मसान्तमा सकिँदैछ ।

प्रतिक्रिया दिनुहोस्