आज सुनको मुल्य ८ सय रुपैयाँले घट्यो



काठमाडौं । हप्ताको अन्तिम दिन आज सुनको भाउ ८ सय रुपैयाँले घटेको छ । हिजो तोलाको ९४ हजार ६ सय रुपैयाँ रहेको सुनको भाउ आज ९३ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा ३५ रुपैयाँले घटेर आज १ हजार १ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्