यस्तो छ आजको मौसम पूर्वानुमान



काठमाडौं । प्रदेश–१, गण्डकी प्रदेश, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आज बिहान आंशिकदेखि सामान्यता बदली रहेको छ । उक्त प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।

बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्यता बदली रहनेछ।

देशभरका पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। आज राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ।

बाँकी भू–भागमा आंशिकदेखि मौसम सामान्यता सफा रहनेछ। प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै र अन्य प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ। नदी, नाला र खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ।

प्रतिक्रिया दिनुहोस्