रवि लामिछानेद्वारा घण्टी बजाउँदै हेटौंडा बजार परिक्रमा



हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गरेर देश दौडाहमा रहेका पूर्व सञ्चारकर्मी रवि लामिछानेले आफ्नो पार्टीको चुनाव चिन्न घण्टी बजाउँदै हेटौंडा बजार परिक्रमा गरेका छन् ।

शुक्रबार  बिहान हेटौंडा-४ स्थित पशुपतिनाथ (भुवनेश्वर) मन्दिरको दर्शन पछि कारमा सवार गर्दै कार्यकर्ताहरू संगै हात हल्लाउँदै हेटौंडा बजार परिक्रमा गरेका हुन् । 

लामिछानेले आज शुक्रबार मध्यान्ह १२ बजे हेटौंडाको रोयल पार्टी प्यालेसमा हुने पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दैछन् । 

लामिछानेले मंसिर ४ गते हुने निर्वाचनमा प्रत्यक्ष तर्फ लड्ने घोषणा गरिसकेका छन् । तर उनले हालसम्म कहाँबाट लड्ने भन्ने घोषणा भने गरिसकेका छैनन्

प्रतिक्रिया दिनुहोस्