माले मकवानपुरले गर्यो उम्मेदवार सिफारिस



हेटौंडा । नेकपा माले मकवानपुरले मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि उम्मेद्वार सिफारिस गरेको छ । मालले जिल्लाको निर्वाचन क्षेत्र नं १ र २ मा गरेर ६ जनाको नाम सिफारिस गरेको हो । 

बिहीबार बसेको माले मकवानपुरको बैठकले क्षेत्र नंबर १ को लागि कृष्ण प्रसाद दाहाल,कुमार बहादुर संजेल र अम्बिका लामिछानेको नाम सिफारिस गरेको छ भने २ नंबर क्षेत्रको लागि तीर्थराज सुबेदी, उद्धव अधिकारी र सविना बिश्वकर्माको नाम सिफारिस गरेको छ ।

 मंसिर ४ गतेको लागि निर्वाचन घोषणा भएसँगै निर्वाचन केन्द्रित पार्टीको कामहरू सुरु भएको मालेका जिल्ला अध्यक्ष कुमार बहादुर संजेलले बताए ।

प्रतिक्रिया दिनुहोस्