‘पोइ पर्‍यो काले’ फर्स्टलुक पोस्टर सार्वजनिक



काठमाडौं : नेपालि चलचित्र ‘पोइ पर्‍यो काले’ फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । आगामी कात्तिक ८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको सो चलचित्रलाई शिशिर राणाले निर्देशन गरेका हुन् ।

राणाकै कथा रहेको चलचित्रमा सौगात मल्ल काले पोइ बन्ने छन् भने उनको जोडी सृष्टि श्रेष्ठ हुनेछिन् ।

सार्वजनिक पोस्टरमा सौगात मल्ल, श्रृष्टी श्रेष्ठ, आकाश श्रेष्ठ, पूजा शर्मा र सोहित मानन्धर अटाएका छन् ।

यसबाहेक सोहित मानन्धर, बिन्दा खतिवडा, राजाराम पौडेल, राजेन्द्र नेपाली, गोपाल ढकाल ‘छन्दे’ र निर्देशक राणा स्वयं यसका कलाकार रहेका छन् ।

दीपक मनाङे (राजीव गुरुङ), अ. देवी राई, किरण नेपाली, रघु परियार, अर्जुन खनियाँ र देव तामाङलगायतको निर्माणमा बनेको चलचित्रमा सुवास भुसाल र पुरुषोत्तम लामिछानेको संगीत रहेको छ । 

चलचित्रमा कविराज गहतराज, रामजी लामिछाने, रविन शाहको नृत्य निर्देशन र तारा थापा किम्भेको सम्पादन छ ।

 

प्रतिक्रिया दिनुहोस्