ट्याक्टरले किचेर छठ मनाउन जाँदै गरेकी बालिकाको मृत्यु



झापा : झापाको मेची नदीमा छठ मनाउन जाँदै गर्दा बालिकाको मृत्यु भएको छ ।  परिवारसँगै छठ मनाउन गएकी छ वर्षीया बालिकाको ट्याक्टरले किचेर मृत्यु भएको हो । 

मृत्यु हुनेमा भद्रपुर नगरपालिका ५ पोखरीटोल निवासी धिरज र राखी यादवकी ६ बर्षीया छोरी राशी यादव रहेको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक प्रकाश जवेगूले जानकारी दिए ।

 

प्रहरीले मेची पुलमाथि पैदलयात्री बाहेक सवारीसाधन छिर्न नदिने सुरक्षा योजना बनाएता पनि नदीबाट पुजास्थलसम्म ट्याक्टर जान नसकेर भासिएपछि चालकले पुलमाथि जबरजस्ती लैजान खोज्दा दुर्घटना भएको हो ।

राशी मे १ त ५२३२ नम्बरको ट्याक्टरबाट झरेपछि उनी चढेकै ट्याक्टरले किचेको हो । प्रहरीका अनुसार ट्याक्टरले किचेर घाइते भएकी बालिकाको उपचारको क्रममा मेची अञ्चल अस्पताल भद्रपुरमा मृत्यु भएको हो ।

 

प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। 

प्रतिक्रिया दिनुहोस्