दोस्रो मालिकादेवी कप फूटबल प्रतियोगिता हुने



सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्ला स्तरीय खुल्ला-७साईड दोस्रो मालिकादेवी कप फूटबल प्रतियोगिता २०७९ आयोजना हुने भएको छ । 

जिल्लाको चौतारा साँगचोकगढी नगरपालिका वडा नं.७ मेललचौरमा स्थापित युवा जागरण समाजको आयोजनामा दसैं, तिहार तथा छठ पर्वको अबसरमा प्रतियोगिता आयोजना हुने भएको हो ।

संस्थाले गत वर्ष चौतारा साँगाचोकगढी नगरपालिका स्तरीय-७ ए साइड प्रथम मालिकादेवी कप फुटबल प्रतियोगिता सम्पन्न गरेको थियो र सोही प्रतियोगिताको दोस्रो संस्करणको रुपमा यस प्रतियोगिता सञ्चालन हुन लागेको हो ।

प्रतियोगितामा प्रथम हुने टोलीले ८० हजार रुपैयाँका साथै ट्रफि, मेडल र प्रमाण पत्र पाउने छन् भने दोस्रो हुने टोलीले नगद ४० हजार रुपैयाँका साथै ट्रफि, मेडल र प्रमाण पत्र पाउने छन् । साथै तेस्रो हुने टोलीले २० हजार रुपैयाँका साथै ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । 

संस्थाका अध्यक्ष कृष्ण बहादुर श्रेष्ठका अनुसार प्रत्यक खेलको म्यान अफ दि म्याच, उत्कृष्ट खैलाडी, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डरलाई समेत ट्रफि र आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

खेलमा सहभागी हुनका लागि २६ असोजसम्म समुह दर्ता गर्नु पर्नेछ । भने समुह दर्ता बापत ५ हजार रुपैयाँ शुल्क लाग्ने छ ।  २७ गते बिहान ९ बजे भित्रमा टाईसिट निर्माण गरि २८ गते बिहानबाट मेलचौरको दरबार डाँडा खेलमैदानमा खेल सुरु हुने संस्थाका सचिव सविन दंगालले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्