सुनको मूल्य एकैदिन तोलामा १३ सय रुपैयाँले बढ्यो



काठमाडौं । आज (शुक्रबार) सुनको मूल्य तोलामा १ हजार ३ सय रुपैयाँले बढेको छ । सुन आज तोलाको ९६ हजार ७ सय रुपैयाँ पुगेको छ । हिजो बिहिबार तोलाको ९५ हजार ४ सय रुपैयाँ थियो । केही दिनयता सुनको मूल्य लगातार बढिरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा नै मूल्य बढेकाले नेपाली बजारमा पनि महँगो भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेज रत्न शाक्यले बताएका छन् । उनका अनुसार सुनको मूल्य अझै बढ्ने सङ्केत छ । अमेरिकामा अहिले भइहेको मध्यावधि चुनावको असर सुनमा परेको शाक्यले बताए ।

चुनावका कारण अमेरिकामा डलरको भाउ केही कमजोर भएकाले लगानीकर्ताले सुनमा लगानी गर्न थालेका छन् । यसकै असर भाउमा परेको हो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी आज १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्