सानिमा बैंकको दराजसँग सहकार्य



काठमाडौं । सानिमा बैंकको दराजसँग सहकार्य भएको छ । यसअनुसार ग्राहकहरूले दराजबाट सामान खरिद गर्दा सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट पाउने भएका छन् ।

डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् २ हजार ५०० रुपैयाँसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम् ३ हजार रुपैयाँसम्मको छुट पाउनेछन् । उक्त योजना २५ कात्तिकदेखि १ मङ्सिरसम्म ७ दिनका लागि लागू हुने बैंकले जनाएको छ । बैंकको १२९ शाखा र १२२ एटीएम सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्