सर्लाहीमा एभरेष्ट बैंकको शाखा विस्तार



काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले सर्लाहीको लालबन्दीमा आफ्नो १२३औँ शाखा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन लालबन्दी नगरपालिकाका प्रमुख वासुदेव अधिकारी र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्त रूपमा गरेका छन् ।

उद्घाटन समारोहमा लालबन्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपेन्द्रकुमार बलमपाकी, लालबन्दी नगरपालिका– ६ का वडाध्यक्ष लालबहादुर योञ्जन, हुलास गु्रपका महाप्रबन्धक मोतीलाल टटेर, बैंकका मधेस प्रदेशका प्रादेशिक–प्रबन्धक विभूति न्यौपानेका साथै बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेतीलगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो ।

उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत खालिङले लालबन्दी र सो आसपासका बासिन्दाहरूलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गराउने आश्वासन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्