माेरङकाे छुट्टाछुट्टै स्थानमा दुर्घटना : दुई जनाको ज्यान गयाे



विराटनगर : मोरङका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा शुक्रबार दुई जनाको मृत्यु भएको छ ।

 

मोरङको बेलबारी नगरपालिका ७ दौलतपुरस्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ गइरहेको सिटी सफारीको ठक्करबाट स्थानीय ४५ वर्षीय कमला कार्कीको मृत्यु भएको छ । मे१ह १९१५ नम्बरको सिटी सफारीले सडकको छेउमा उभिएकी कार्कीलाई बिहीबार राति ठक्कर दिएर गम्भीर घाइते बनाएको थियो ।

 

घाइतेको उपचारका क्रममा विराटनगरको गोल्डेन अस्पतालमा शुक्रबार बिहान मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ । चालक बेलबारी नगरपालिका ७ का ५० बर्से इन्द्रबहादुर श्रेष्ठ फरार रहेका कारण खोजी भइरहेको जानकारी प्रहरीले दिएको छ । 

त्यस्तै सुन्दरहरैंचा नगरपालिका ४ बाँसबारी चौकस्थित पूर्वपश्चिम राजमार्गमा मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ७० बर्से कृष्ण पराजुलीको मृत्यु भएको छ । 

पैदल हिँडिरहेका बेला बुधबार साँझ पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे७प १६९१ नम्बरको मोटरसाइकलले उनालाई ठक्कर दिएको थियो ।

 

गम्भीर घाइते उनको विराटनगरको गोल्डेन अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । मोटरसाइकल र चालक झापाको मेचीनगर नगरपालिका ७ का ४५ बर्से चोमेन्द्रबहादुर थापालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जानकारी प्रहरीले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्