युद्धग्रस्त देश युक्रेनबाट १०१८ पर्यटक नेपाल आए



काठमाडौं । युद्धग्रस्त देश युक्रेनबाट १ वर्षको अवधिमा १ हजार १८ जना पर्यटक नेपाल आएका छन् । उनीहरु नेपाल भ्रमणमा आएका हुन्।

नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२२ मा युक्रेनबाट १०१८ जना पर्यटक नेपाल आएका छन् । यो संख्या कुल पर्यटक आगमनको तुलनामा शून्य दशमलव १७ प्रतिशत हिस्सा हो। सन् २०२२ मा ६ लाख १४ हजार १४८ जना पर्यटक नेपाल आएका थिए। रुसको आक्रमणका कारण यो मुलुक अशान्त बनेको छ।

रुसबाट भने एक वर्षको अवधिमा ६ हजार ५३८ जना पर्यटक नेपाल आएका छन्। यो कुल पर्यटक आगमनको तुलनामा १ दशमलव ०६ प्रतिशत हिस्सा हो।

एक वर्षको अवधिमा युरोप महादेशबाट १ लाख ३३ हजार ४०२ जना पर्यटक नेपाल आएका छन्। यो संख्या भने कुल पर्यटक आगमनको तुलनामा २१.७२ प्रतिशत हो । युरोपेली मुलुकमध्ये सबैभन्दा धेरै पर्यटक बेलायतबाट आएका छन् । यस मुलुकबाट ४४ हजार ७८१ जना पर्यटक नेपाल आएको तथ्यांकले देखाएको छ । दोस्रो स्थानमा जर्मनीका नागरिक छन् । तेस्रो स्थानमा फ्रान्सबाट धेरै पर्यटक आएको देखिएको छ । यस मुलुकबाट १६ हजार ८९६ जना पर्यटक आएका छन् ।

नेपालमा सबैभन्दा धेरै पर्यटक आएको मुलुक भने भारत हो । यस मुलुकबाट २ लाख ९ हजार १०५ जना पर्यटक नेपाल आएका छन् । सार्क मुलुकमध्ये भारतपछि दोस्रो स्थानमा बंगलादेश छ । नेपाल आउने कुल पर्यटकमध्ये दोस्रो स्थानमा अमेरिका छ । जुन मुलुकबाट एक वर्षमा ७७ हजार ९ जना पर्यटक नेपाल आएको तथ्यांकमा देखिएको छ । अष्ट्रेलियाबाट २६ हजार ८७४ जना पर्यटक नेपाल आएको बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्