आजको मौसम : पहाडी भू-भागमा बदली, तराईमा बाक्लो हुस्सु



काठमाडौं । आज पनि देशभर पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले देशभरका पहाडी भूभागमा आंशिक बदली रहने र तराईका जिल्लामा बाक्लो हुस्सु कुहिरो लागेर जनजीवन चिसोले प्रभावित हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज बुधबार गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । त्यस्तै, आज राति प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रही अन्य ठाउँमा मौसम सफा रहने छ ।

सोहीअनुसार भोलि पुस २१ गते दिउँसो प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रहने विभागले जनाएको छ । एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी भुभागमा हिमपातको सम्भावना रहेकाले तापक्रम घट्नेछ ।

त्यस्तै, पुस २२ गते देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहने छ । २४ घण्टाभित्र प्रदेश १, गण्डकी, कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने र उच्च पहाडी क्षेत्रमा हल्का हिमपात हुनेछ । चिसोले दैनि जनजीवन प्रभावित हुने भन्दै विभागले चिसोबाट बच्न सावधानी अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्