सञ्चारकर्मीको सुरक्षाप्रति प्रदेश सरकार गम्भिर



विराटनगर : प्रदेश नम्बर एकका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले सञ्चारकर्मीको सुरक्षामा सरकार गम्भीर रहेको बताएका छन् ।

विराटनगरमा शुक्रबार आयोजित सुरक्षित पत्रकारिताका लागि दण्डहीनताको अन्त्य नामक कार्यक्रममा मन्त्री कार्कीले सञ्चारकर्मीमाथि हुने दण्डहिनताका घटना रोक्ने प्रतिबद्धता जनाएका हुन् । 

 

मन्त्री कार्कीले समाजलाई सकारात्मक दिशामा डोहो¥याउन सञ्चारकर्मीको भूमिका अहम हुने बताए । यद्धपि, सञ्चारकर्मीले भूमिका निर्वाह गरिरहँदा जिम्मेवारी बोध गर्नुपर्नेमा पनि उनले जोड दिए । उनले भने, ‘दण्डहिनताको अन्त्य गर्नका लागि सबैले आफ्नो पेशाको मर्यादालाई बिर्सन हुँदैन ।’

कार्यक्रममा संघीय समाजवादी फोरम प्रदेश एकका संसदीय दलका नेता जयराम यादवले समाजको अग्रणीस्थानमा रहेको सञ्चारजगतको सुरक्षा सधैँ चुनौतीपूर्ण रहँदै आएको बताए । त्यसै गरी मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले पत्रकारको सुरक्षाप्रति राज्य संयन्त्र सधैँ संवेदनशील रहेको स्पष्ट पारे । 

 

कार्यक्रममा पत्रकार महासङ्घ प्रदेश एकका अध्यक्ष विक्रम लुइँटेलले कार्य क्षेत्रमा खटिएका पत्रकारको सुरक्षाप्रति राज्य उदासीन हुन नहुने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्