यति एयरले सार्वजनिक गर्‍यो यात्रुको विवरण (विज्ञप्तिसहित)



काठमाडौँ। आइतबार दुर्घटनामा परेको जहाज र यात्रुका सम्बन्धमा यती एयरलाइन्सले विवरण सार्वजनिक गरेको छ । कम्पनीका अनुसार ९एनएएनसी जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको हो ।

जहाजमा ४ चालक दलका सदस्य र ६८ जना यात्रु सवार थिए। जहाजमा रहेका ५३ जना नेपालीमध्ये ३७ जना पुरुष र २५ जना महिला हुन्। १५ जना विदेशी यात्रु सवार थिए।
विमान अन्तिम पटक १०ः५० बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सम्पर्कमा आएको समेत यतीले जनाएको छ। थप विवरण क्रमशः सार्वजनिक गर्दै जाने समेत कम्पनीको भनाइ छ। यात्रुको विवरण समेत सार्वजनिक भएको छ। यात्रुको अवस्था बारे भने अझै सार्वजनिक भएको छैन।

प्रतिक्रिया दिनुहोस्