सभामुख घिमिरेद्वारा ‘सोनाम ल्होसार’को शुभकामना



काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले तामाङ समुदायको महान् पर्व ‘सोनाम ल्होसार २०७९’का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ, दिदीबहिनीहरूमा शुभकामना सन्देश व्यक्त गरेका छन्।

आज एक शुभकामना सन्देश जारी गर्दै उनले भने, “ल्होसारले नेपालीहरुबीच बन्धुत्, हार्दिकता, धार्मिक सहिष्णुता र राष्ट्रिय एकतामा जोड दिने विश्वास लिएको छु।” नेपाली मौलिक संस्कृतिको संरक्षण,सम्वर्द्धन र प्रवर्द्धन का लागि नयाँ पुस्तालाई पनि सहभागि गराउँदै लैजानुपर्नेमा उनले जोड दिए।

प्रतिक्रिया दिनुहोस्