मौलिक विविधताले नेपाली समाजलाई झनै सुसंस्कृत बनाएको छ : अध्यक्ष तिमिल्सिना



काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले सोनाम ल्होछारको अवसरमा शुभकामना दिएका छन्। तामाङ समुदायको नयाँ वर्ष तथा सोनाम ल्होसार (२५५९) को अवसरमा शुभकामना व्यक्त गर्दै उनले तामाङ समुदाय तथा देशविदेशमा रहेका नेपाली आमाबुबा, दिदिबहिनी तथा दाजुभाइप्रति सुख, शान्ति,समृद्धि, सु-स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको  कामना गरेका छन्।

‘मौलिक विविधताले हाम्रो नेपाली समाजलाई झनै सुसंस्कृत बनाएको छ भने तामाङ जातिको यस पर्वले सामाजिक सद्‌भाव, एकता र भातृत्व अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको छ। सबै जाति, भाषा क्षेत्रका नेपालीहरू एकतावद्ध भएर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने मार्गमा अघि बढ्न जरुरी छ।’

उनले ल्होसार पर्वले सम्पूर्ण नेपाली समुदायहरूको बीचमा हार्दिकता, धार्मिक सहिष्णुता र सम्मान कायम गर्दै विविधताबीचको एकता प्रबर्द्धन गरी राष्ट्रियताको भावना मजबुत बन्ने अपेक्षाको गरेका छन्।

प्रतिक्रिया दिनुहोस्