शेयर बजार सामान्य बढ्यो, १ अर्ब ९३ करोड १७ लाख रुपैयाँको कारोबार



काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार एक दशमलव ५४ अङ्कले बढेर २ हजार ९६ दशमलव शून्य नौ विन्दुमा पुगेको छ ।

आज माइक्रोफाइनान्स, बीमा र अन्य समूहको शेयरबाहेक बाँकी समूहको शेयर सामान्य उकालो लागेको छ । बजार समान्य बढेको दिन २ सय ५८ वटा कम्पनीका ५२ लाख ६ हजार कित्ता शेयर १ अर्ब ९३ करोड १७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल लाइफ इन्सुरेन्स कम्पनीको छ करोड ४४ लाख रुपैयाँको शेयर किनबेच भएको छ।

आज आदर्श लघुवित्तको शेयर १० प्रतिशत तथा पोखरा फाइनान्सको शेयर साढे आठ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै इस्टर्न हाइड्रोपावर कम्पनीको शेयर साढे पाँच प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्