मिक्लाजुङमा १३ हात्ती एकसाथ गाउँ पसे



मोरङ । मोरङको मिक्लाजुङ गाउँपालिकामा १३ हात्ती एकसाथ गाउँ पसेका छन् । हात्तीको बथान गाउँ पसेपछि यहाँका बासिन्दा त्रासले रातभर सुत्न छाडेका छन् । चारकोसे झाडीसँगै रहेको उक्त गाउँपालिकामा हात्तीको बथान गाउँ पसेर जनधनको क्षति पुर्‍याएको स्थानीयले बताएका छन् ।

गए राति मिक्लाजुङ–६ मा १३ हात्तीले एकसाथ गाउँ पसेर तीन घरमा क्षति पुर्‍याएका छन् । सोमबार राति पनि हात्तीको बथान गाउँ पसेर स्थानीय हरि सुवेदीको २० मन धान नष्ट गरेको छ । हात्तीले सुवेदीको घरमा समेत क्षति पुर्‍याएको छ ।

प्रतिक्रिया दिनुहोस्