ए डिभिजन लिगमा आज २ खेल हुने



काठमाडौं:  सहिद स्मारक ए डिभिजन लिगमा आज दुई  खेल हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा ११ बजे हुने पहिलो खेलमा मच्छिन्द्र क्लबले विभागीय टिम नेपाल पुलिस क्लबको सामना गर्नेछ भने दिउँसो साढे दुई बजे हुने दोस्रो खेलमा ब्रिगेड ब्वाइज क्लब (बीबीसी) र थ्री—स्टार क्लबबीचको खेल हुनेछ । विना रेलिगेशनको लिगमा आइतबारको खेलमा मच्छिन्द्र क्लब पुलिसलाई रोक्दै जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिने छ भने लामो समय तयारी गरेको मोफसलमा आफुलाई बलियो देखाएको पुलिस मच्छिन्द्रमाथि सहज जितको खोजीमा हुनेछ ।

पुलिसले पहिलो खेलमा जावलाखेलमा जावलाखेल युथ क्लबलाई १—० पराजित गर्दै ३ अंक जोडेको छ भने पहिलो खेलमा च्यासलसँग अंक बाँडेको मच्छिन्द्र पुलिभन्दा कमजोर देखिएको छ । आजै हुने दोस्रो खेलमा थ्री—स्टार क्लब र ब्रिगेड ब्वाइज (बीबीसी) पनि आ—आफ्नो पक्षमा खेल पार्ने लक्ष्यका साथ मैदान उत्रिने प्रशिक्षकहरुले प्रि—म्याच कन्फेरेन्समा बताएका छन् । यसअघिको पहिलो खेलमा फ्रेन्ड्स क्लबलाई २—१ ले पराजित गरेको थ्री—स्टारले बीबीसीमाथि सहज जित निकाल्दै पुरा अंक लिने योजना बनाएको छ भने पहिलो खेलमा मनाङ मर्स्याङ्दी क्लबसँग ३—१ गोल अन्तरले पराजित भएको बीबीसी कम्तीमा पनि थ्री—स्टारसँग अंक खोस्ने लक्ष्यका साथ मैदान उत्रिने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्