तोलामा ३ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनचाँदीको मूल्य घटेको जानकारी दिएको छ । महासङ्घले आइतबारको तुलनामा सुन र चाँदीकै मूल्य घटेको जानकारी दिएको हो । हिजो सोमबार होली पर्वका कारण सुनचाँदीको मूल्य निर्धारण भएको थिएन ।

महासङ्घका अनुसार सुनको मूल्य तोलामा ३०० र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार रुपैयाँ कायम भएको छ ।

साताको आइतबार छापावाल सुनको मूल्य १ लाख २ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार ३०० रुपैयाँ कायम थियो । गत साताको शुक्रबारको तुलनामा तोलामा ३०० रुपैयाँले बढेको थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर कारोबार सुरु भएको छ । यससँगै, आज चाँदीको मूल्य तोलामा १ हजार २६५ रुपैयाँ कायम छ ।

प्रतिक्रिया दिनुहोस्