सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले घट्यो



काठमाडौं । बुधबार हिजो तोलामा एक हजार रुपैयाँले घटेको सुनको भाउ आज पनि ५ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १ लाख १ हजार रुपैयाँ तोकिएको छ ।

हिजो तोलामा १ लाख १ हजार ५ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी आज १ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्