सर्वसाधारणसँगै बुद्ध एयरको जहाजमा धनगढी उडे प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नियमित उडानमार्फत धनगढी प्रस्थान गरेका छन्। सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन सर्वसाधारणसँगै प्रधानमन्त्री प्रचण्ड बुद्ध एयरको जहाजमा धनगढी उडेका हुन्।

हेलिकप्टर चार्टर गर्दा धेरै खर्च हुने भएकाले नियमित उडानमार्फत प्रचण्ड धनगढी प्रस्थान गरेको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले बताए। उनी आजै काठमाडौं फर्किने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्