आठौं ऊर्जा सम्मेलन सुरु



काठमाडौं । ऊर्जा सम्मेलन आजदेखी काठमाडौंमा सुरु भएको छ। ‘हरित ऊर्जाको बजार विस्तारीकरण’ भन्ने नाराका साथ आठौं उर्जा सम्मेलन सुरु भएको हो। सम्मेलन आज र भोलि दुई दिनसम्म चल्ने छ। कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड, ऊर्जामन्त्री शक्ति बस्नेत र भुमि व्यवस्था मन्त्री रञ्जिता श्रेष्ठ सहभागी भएका छन्।

नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, लगानी बोर्ड नेपाल र स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ नेपालले आयोजना गरेको ऊर्जा सम्मेलनमा भारत, बंगलादेशलगायत ३० भन्दा बढी देशका प्रतिनिधि सहभागी हुँदैछन्। सो सम्मेलनमा उर्जा क्षेत्र अनुसन्धानरत तथा कार्यरत झन्डै ३ सय भन्दा बढी प्रतिनिधिको सहभागिता रहने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्