विराटनगरमा  आन्दोनकारी र प्रहरीबिच झडप हुँदा अश्रुग्यास प्रहार 



विराटनगर । विराटनगरमा पहिचानको आधारमा प्रदेशको नामकरण माग गर्दै भएको आन्दोलनका क्रममा प्रहरी र आन्दोलनकारीबिच झडप भएको छ ।आन्दोलनकारीहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडिको बाटोलाई निषेधित क्षेत्र तोकेर  आवतजावत रोकेपछि झडप भएको हो

आन्दोलनरत पक्षले निषेधित क्षेत्र तोडेपछि झडप भएको प्रहरीले बताएको छ । मुख्यमन्त्री कार्यालयदेखि २०० मिटर उत्तरमा पर्ने सडकमा झडप हुँदा प्रहरीले अश्रुग्यास र लाठी प्रहार गरेको छ ।

प्रदेशको नाम कोसी राखेको विरोधमा भइरहेको आन्दोलनका क्रममा ५ चैतमा घाइते भई १० चैतमा मृत्यु भएका पदम लिम्बुको  आज  अन्तिम संकार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्