रविको आक्रोश– कायरहरूले फेक न्युजका कारखाना चलाए 



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछाने आफ्नो पार्टीले कुनै पनि ठाउँमा कसैसँग चुनावी तालमेल गरेको बताएका छन् ।

उनले ठुला पार्टीका केही नेताहरूले फेक न्युज बनाएर मतदातालाई भ्रममा पार्न खोजेको बताएका छन् । उनले  भने , ‘रास्वपाले उपनिर्वाचनमा कसैसँग चुनावी तालमेल गरेको छैन । ठुला पार्टीका ठुला नेताज्यू, आफ्ना फेक न्युज कारखाना बन्द गर्नुस् नत्र जनताले तपाईँको राजनीति बन्द गर्छन् ।’

सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै रविले चुनावी प्रतिस्पर्धाबाट अत्तालिएका कायरहरूले फेक न्युजको कारखाना चलाएको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्