निर्वाचन आयोगले सोध्यो मधेस प्रदेशका मुख्यमन्त्री यादवलाई स्पष्टीकरण



काठमाडौँ । निर्वाचन आयोगले मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आयोगले उनलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

आयोगले मुख्यमन्त्री यादवलाई उपनिर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी अनुमतिबिना निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको भन्दै २४ घण्टे स्पष्टीकरण सोधेको हो । बारा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य उपनिर्वाचन भइरहेका बेला मुख्यमन्त्री यादव पचरौता नगरपालिका गएका थिए । आयोगले निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी अनुमतिबिना निर्वाचन आचारसंहिता विपरीत हुने गरी उनलाई के कति कारणबाट पचरौता नगरपालिका क्षेत्रमा जानुभएको भनी स्पष्टीकरण सोधेको ।

‘तपाईँ त्यहाँ जाँदा प्रयोग गरेको सवारीसाधन र सुरक्षा व्यवस्था सरकारी हो, होइन रु तपाईँको यो कार्यले पदको गरिमा र निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ को उल्लङ्घन हुन्छ, हुँदैन रु निर्वाचन आचारसंहिता उल्लङ्घन गरेकामा तपाईँलाई निर्वाचन आयोग ऐन, २०७३ बमोजिम कारबाही किन नगर्ने रु” भन्दै निर्वाचन आयोगले स्पष्टीकरण  साधेको हो ।

प्रतिक्रिया दिनुहोस्