नेप्से १९ सयको विन्दुमा



काठमाडौँ । कारोबारको दोस्रो दिन सामान्य अङ्कले उकालो लागेको सेयर बजार परिसूचक नेप्से आज  मङ्गलवार भने भारी अङ्कले उकालो लागेको छ ।  नेप्से आज  १७.३६ अङ्कले उकालो लागेको हो । आज नेप्से उकालो लागेसँगै फेरी १९ सयको विन्दु भन्दा  माथि पुगेको छ । आज नेप्से १९०५.६८ विन्दुमा पुगेको हाे ।

आज नेप्से उकालो लागे पनि कारोबारमा  भने कुनै उत्साह छाएको छैन । अघिल्लो कारोबार दिन ७५ करोडको शेयर कारोबार भएको बजारमा यस दिन २६४ स्टकको २७ हजार ७६६ पटकको कारोबारमा ८८ करोड ५५ लाख ७८ हजार रुपैयाँ बराबरको २७ लाख कित्ता शेयर  किनबेच भएको छ ।

आज तारागाउँ रिजेन्सी होटलको शेयरमूल्य सर्वाधिक ८ प्रतिशत बढेको छ।  खप्तड लघुवित्तको शेयरमूल्य ७.८५ प्रतिशत बढेको छ।  सनराइज ब्लुचिप फण्डको इकाईमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ७ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। कालिञ्चोक दर्शनको ३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्