बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । सुनको मूल्य आज दुई सय रुपैयाँले बढेको छ। आज छापावाल सुन तोलामा १ लाख ९ हजार ७०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो मंगलबार पनि छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार रुपैयाँ थियो। सुनको मूल्य लगातार दोस्रो दिन पनि बढेका हो। यता चाँदीको मूल्य भने आज ५ रुपैयाँ प्रतितोलाले घटेको छ। योसँगै आज चाँदी १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्